जनखबरका सम्पादक चिमौरिया अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको सल्लाहकार

२०८१ फाल्गुन ४ गते, आईतवार


काठमाडौँ । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले क्षेप्यास्त्र साप्ताहिक तथा जनखबर अनलाइनका प्रकाशक / सम्पादक राजेन्द्रप्रसाद चिमौरियालाई सल्लाहकारमा मनोनयन गरेको जानकारी गराएको छ। विश्भर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकार , साहित्यकार एवम्‌ साँस्कृतिककर्मिहरुको छाता संगठन ,अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीको अध्यक्षतामा शनिबार काठमाडौंमा बसेको वैठकले उक्त निर्णय गरेको बताइएको छ।

यसैगरी, उक्त बैठकले बेलायतमा रहेका पत्रकार ललित परियारलाई उपाध्यक्षमा मनोनयन गरेको बताइएको छ । साथै उक्त बैठकले उपाध्यक्ष ललित परियारलाई युरोप महादेशमा समन्वय गर्ने जिम्मेवारी दिइएको छ भने सबै पदाधिकारीहरुको समेत कार्यविभाजनमा हेरफेर गरेको छ ।


यसैगरी , उक्त बैठकले संगठन विस्तारका सम्बन्धमा विश्वभर महादिशीय एवं देशीय स्तरमा शाखाहरु खोल्ने निर्णय गरिएको केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले बताए।

प्रतिक्रियाहरु

[anycomment]