देउवाको भारत भ्रमण रद्द !

काठमाडौँ । भनिएका काँग्रेस सभापति एबम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण एकाएक रद्द गरिएको छ । उनको आज भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो। भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलाको अवसरमा आयोजित ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटी’ कार्यक्रमका लागि देउवा भारत जाने तय भएको थियो । इण्डिया फाउण्डेसनको आयोजनामा हुने कार्यक्रममा देउवालाई वक्ताका रूपमा आमन्त्रण गरिएको थियो । तर अन्तिम समयमा आएर देउवाको भ्रमण रद्द भएको काँग्रेसले औपचारिक जानकारी दिएको छ । उक्त भ्रमणका क्रममा केही राजनीतिक भेटघाट समेत हुने ठानिएको थियो । भ्रमण रद्दको कारणबारे काँग्रेसले केही खुलाएको छैन । यद्यपि आन्तरिक राजनीतिक कारणले नै देउवाको भ्रमण स्थगित भएको अडकल गरिएको छ ।