जनयुद्धको कारण नै राजनीतिक परिवर्तन सम्भव

२०८१ फाल्गुन ८ गते, बिहीबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले जनयुद्धको कारण नै राजनीतिक परिवर्तन सम्भव भएको ठोकुवा गरेका छन् । उनले गोरखा नगरपालिका–१४ गोप्लिङस्थित एकै घरबाट तीन जना शहीद भएका नहर्की परिवारसँग भेट गर्दै सो ठोकुवा गरेका हुन्।
अध्यक्ष प्रचण्डले शहीदहरू देशका साझा सम्पत्तिको रूपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताए । उनले पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरूको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आफूले तेस्रो पटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रूपमा स्थापित गरेको बताए ।
अध्यक्ष प्रचण्डले शहीदको रगतका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा पार्टी निरन्तर जुटेको उल्लेख गर्दै अब बदलिएको व्यवस्था अनुकूल जनताको अवस्था बदल्न अभियानात्मक रूपमा अघि बढ्ने जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]