‘अन्य पार्टीसँग एकताको सम्भावना छैन’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन्। शुक्रबारबाट ललितपुरमा सुरु नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन्
अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी आफ्नो बिचार र लक्ष्यका साथ अघि बढिरहेको भन्दै अन्य पार्टीसँग एकीकरणको कुनै सम्भावना नरहेको बताए । उनले तत्कालीन अवस्थामा गरेको बिद्रोहको औचित्य पुष्टि हुँदै गएको बताए ।
अध्यक्ष नेपालले कहिले एमाले र केहीले माओवादीसँग एकीकरण गर्न लाग्यो भन्ने हल्लामा कुनै सत्यता नरहेको ठोकुवा गर्दै आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने बताए । उनले वर्तमान सरकारले बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोजको बताए । उनले सरकारका गलत कामको विरोध गर्दै अघि बढ्नु आवशक भएको बताउदै समाजवादको पक्षमा रहेका शक्तिहरुलाई एकतावद्ध गर्नका लागि पहलकदमी लिइरहेको ठोकुवा र गरे ।
अध्यक्ष नेपालले वर्तमान सरकारले संसद्को नियम, नियमावलीलाई मिच्ने कुरादेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहेको ठोकुवा गर्दै वर्तमान सरकार आफ्ना आलोचकहरुलाई घाँटी निमोठ्न अग्रसर रहेको बताए। उनले भने- ‘हाम्रो देशमा जुन सरकार अहिले शासन सञ्चालन गरिरहेको छ। त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौति दिँदै दुई दलीय शासनको सोचलाई अघि बढाउन खोजिरहेको छ। दुई दलीय शासन अर्थात् दुई दलीयको नाममा एक दलीय तानाशाही शासन लाद्ने सोचभन्दा भिन्न छैन। स-साना दलहरुलाई समाप्त पार्ने, प्रतिद्वन्द्वी पार्टीहरुलाई समाप्त पार्ने, अनेक किसिमले नियन्त्रणका तौरतरिका अपनाएर यो देशमा तानाशाही लाद्ने दुष्चेष्टा गरे। संविधानलाई मिच्ने बानी परिसकेका व्यक्तिहरु कानुन मिच्न पनि त्यतिकै अग्रसर भएका छन् ।’
यसैगरी, उक्त बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदनका साथै १३ बुँदे आचारसंहिता पेस गरेका छन्। जुन यस प्रकार रहेको छ –
‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को आचार संहिता
१- उद्देश्य ः नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० का नेता तथा कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रन्तिकारी सिद्धान्त अनुरुप बनाउन आचार संहितामार्पmत निर्देश गर्नु उपयुक्त हुने भएकाले नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को केन्द्रीय कमिटीले नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को विधान २०८१ को धारा १३७ ले दिएको अधिकार प्रयोग गरी यो आचार संहिता बनाएर जारी गरेको छ ।
२- प्रारम्भ ः यो आचार संहिता नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को केन्द्रीय कमिटीले पारित गरेको दिनदेखि प्रारम्भ हुनेछ ।
३- पालनकर्ता ः यस आचार संहिताका पालनकर्ता नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० का
सबै नेता तथा कार्यकर्ताहरु हुन् ।
४- मार्गदर्शक सिद्धान्त ः नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । माक्र्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण हो । यसले सबै किसिमका शोषण, दमन र उत्पीडन तथा विभेद र असमानताको विरोध गर्छ ।
श्रमजीवी वर्गको पक्षपोषण गर्छ, सार्वभौमसत्ता जनतामा रहन्छ भन्ने मान्दछ र सिद्धान्त अनुसार व्यवहार गर्नु पर्नेमा जोड दिन्छ ।
५ – मूल्य मान्यता ः कम्युनिष्ट पार्टीका मूलभूत मूल्य मान्यता हुन् ः श्रमको सम्मान गर्ने, श्रम शोषण नगर्ने, आपैm पनि श्रम गर्ने, सबै किसिमका शोषण, दमन र अन्याय अत्यचारको विरोध गर्ने, सबै किसिमका विभेद र असमानताको विरोध गर्दै समानताको पक्षपोषण गर्ने र समाजको आर्थिक– सामाजि–सांस्कृतिक रुपान्तरण अर्थात् आमूल परिवर्तन गर्न निरन्तर लागिपर्ने । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० का सबै नेता तथा कार्यकर्ताले यिनै मूल्य मान्यतालाई अँगालेर व्यवहारमा उतार्न पहल गर्नु पर्दछ ।
६- आचारण ः हामीले पार्टीको विधानमा नै उल्लेख गरेका छौँ कि पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्दछ र उनीहरुको खानपान, रहनसहन, बसउठ आदि सरल र
सामान्य हनुपर्दछ । यो नै हाम्रो आचरणको मूल पक्ष हो । यसैलाई हामीले व्यवहारमा उतार्नु पर्दछ, उतार्न प्रतिबद्ध छौँ ।
७- नैतिकता ः कम्युनिष्ट नैतिकताको मूल पक्ष व्यक्तिवादलाई विस्थापित गर्दै सामुहिकतावाद स्थापित गर्नु हो । यसको अर्को पक्ष निजी स्वार्थको परित्याग गरी सामुहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नु हो । हामीले व्यवहारमा यही कम्युनिष्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौँ । परपुरुष–परस्त्री शारिरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारिरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन । महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नु पर्दछ ।
८- व्यवहार ः कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार सरल हुनु पर्दछ, र उनीहरुको जीवनशैली सादा हुनु पर्दछ भन्ने आम मान्यता रहेको छ । सादा जीवन उच्च विचार भन्ने सूत्र नै सम्मानजनक र समानताको व्यवहार गर्ने हुनु पर्दछ । बोल्दा अश्लील र अपशव्दको प्रयोग गर्नु हुँदैन । कुनै वर्ग, जाति, समुदाय, लिङ्ग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्नु हुँदैन । उनीहरु वर्गीय तथा जातीय भेदभाव नगर्ने, र छुवाछतजन्य व्यवहार नगर्ने हुनु पर्दछ । उनीहरुको आर्थिक जीवन र व्यवहार पारदर्शी हुनु पर्दछ । उनीहरुले अनैतिक कृयाकलाप गरी कुनै आर्जन गर्नु हुँदैन । उनीहरुको आर्थिक आचरण भ्रष्ट हुनु हुँदैन । उनीहरु भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक उभिनु पर्दछ ।
९- जिम्मेवारी बहन ः जिम्मेवारी बहन गर्नु पार्टी जीवनको एउटा महत्वपूर्ण पक्ष हो । पार्टीले आफुलाई दिएको जिम्मेवारी बहन गर्नु पार्टीका हरेक सदस्यको परम कर्तव्य हो । आफुलाई प्राप्त जिम्मेवारी पूरा गर्न पार्टीका हरेक नेता तथा कार्यकर्ता दत्तचित्त भएर लाग्नु पर्दछ । जिम्मेवारु बहन नगरेका खण्डमा कारबाही विषय बन्ने छ ।
१०- जवाफदेहीता ः जवाफदेहीता पार्टी जीवनको अर्को महत्वपूर्ण पक्ष हो । पार्टीका प्रत्येक नेता तथा कार्यकर्ता आफुले गरेको हरेक कामप्रति जवाफदेही वा उत्तरदायी हुनु पर्दछ । हरेकले आफुले गरेको कामको जिम्मेवारी लिनु पर्दछ । गैर जिम्मेवार हुनु हुँदैन, त्यसो गर्न मिल्दैन ।
११- अèययनशीलता ः अèययाशीलता कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको विशेष पहिचान हो । उनीहरु अèययनशील हुन्छन् र हुनु पर्दछ । कुनै पनि विषयमा राम्रो अèययन गरेर मात्र निर्णयमा पुग्ने गर्नु पर्दछ । अèययन नगरी वा राम्रोसँग नबुझी गरिएको निर्णय अपरिपक्व हुन सक्दछ । हामीले अèययन गर्नै पर्छ र कुरा राम्ररी बुझ्नै पर्छ । अèययन गर्न अल्छी गरेर राम्ररी नबुझी निर्णय गर्ने काम कदापि गर्नु हुदैन ।
१२- अनुशासनको पालना ः पार्टी विधानको धारा ११९ मा उल्लेख भए बमोजिम अनुशासनको पालना गर्नु र अनुशासन उलङ्घन भएको मानिने भनेर धारा १२० मा उल्लेख गरिएका काम नगर्नु पार्टीका हरेक नेता तथा कार्यकर्ताको कर्तव्य हो । एउटा सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा जनवाद र अनुशासनको सन्तुलन हुन्छ, हुन पर्दछ । त्यसैलाई हामी जनवादी केन्द्रीयता पनि भन्दछौँ । हेरक कुराको सीमा हुन्छ । जनवाद र अनुशासनको पनि सीमा हुन्छ । पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयका विरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न पाइदैन । आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अभज्ञा गर्न पाइदैन । पार्टी निर्णय लागू गर्नु पर्दछ । अरुका विचारको सम्मान गर्नु पर्दछ । यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ ।
१३- आचार संहिताको पालना ः आचार संहिताको पालना गर्नु पार्टीका सबै नेता तथा कार्यकर्ताको कर्तव्य हो । पार्टी विधानको धारा ११७ ९२० मा आचार संहिताको पालना गर्नु पार्टीका सम्पूर्ण सदस्यको कर्तव्य हुनेछ भनी निर्देश गरिएकाले अचार संहिताको पालना भएन भने विधानको पनि पालना नभएको ठहर्नेछ र त्यो कार्बाहीको विषय बन्नेछ ।’