नेकपा मधेश प्रदेश ५ विघा जमिनमा कृषि कार्य गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मधेश प्रदेश कृषि उत्पादन कार्यमा जुटेको छ । नेकपा मधेश प्रदेशले लिजमा लिएको ५ विघा जमिनमा फलफूल, तरकारी र बर्षेवाली लगाउन तयारी थालेको बताइएको छ । सो प्रदेशले फलफूल, तरकारी र बर्षेवाली लगाउन जमिन खनजोत गरेर मल, बालि छनोट लगायतको काममा तिब्रता दिएको जनाएको छ । सोहिक्रममा आइतरबार २१ जनाले बर्दिवास – ८, कृष्णपुरमा भाडामा लिएको ५ विगाहा जमिनमा श्रमदान गरेको बतैएको छ ।
नेकपाले लिजमा लिएको ५ विघा जमिनमध्ये आधा जग्गामा आँप, लिची, कटहर, केरालगायत रैथाने फलफूल खेती गर्ने र आधामा तरकारी खेती गर्ने योजना बनाएको स्थायी समिति सदस्य तथा मधेश प्रदेशका इन्चार्ज अनिल सीले बताएका छन् ।