नेकपा काभ्रेद्वारा सहिद परिवारलाई सम्मान

२०८१ फाल्गुन १५ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काभ्रेले सहिद परिवारलाई सम्मान गरेको छ। सो पार्टीले फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउने क्रममा पहिलो दिन सहिद परिवारसंग भेटघाट र उनीहरुलाई सम्मान कार्यक्रम गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य कान्छाराम सीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सहिद च्याङ्ग्वा लामाको छोरीहरु रामसली लामा एबम मसली लामा, सहिद केनाम घिसिङ्गको बुवा हिराकाजी घिसिङ्ग, सहिद इन्द्रबहादुर तामाङ्ग “गोरख” को जीवन सङ्गीनी डोल्मु तामाङ्ग, सहिद पुतली बिकको दाजु बिस्णु सी, सहिद सुर्यमान तामाङ्गको जीवन सङ्गीनी छिरिङ्ग डोल्मा सीलाई सम्मान पत्र, एबम दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
उक्त सम्मान पत्र हस्तान्तरण गर्दै प्रमुख अतिथी कान्छाराम सिले सहिदले देखाएको बाटोलाई पूरा गर्न पार्टी लागि परेको कुरा बताए ।
यसैगरी, उक्त सम्मान पत्र बाचन गर्दै पार्टीका केन्द्रीय सदस्य एबम काभ्रे जिल्ला इन्चार्ज बिन्दु सीले नेपालको क्रान्तिकारी आन्दोलनमा सहिद परिवारको योगदान अमुल्य रहेको बताउँदै ती योगदानलाई महासचिव बिप्लवको नेतृत्वमा समाजवाद स्थापना गर्न भुमिका खेलिरहेको बताइन।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकारद्वय दिपक जङ्गम सी र सिद्धीबहादुर सीले सहिद परिवारजनलाई दोसल्ला ओडाउदै एकीकृत जनक्रान्तिले मात्र सहिदको सपना पुराहुने बताए ।
सहिदप्रति १ मिनेट मौनधारण गरि शुरु भएको उक्त कार्यक्रम पार्टीका केन्द्रीय सदस्य एवम् काभ्रे जिल्ला सेक्रेटरी जितबहादुर सी को अध्यक्षता रहेको थियो भने स्वागत मन्तव्य पार्टीका जिल्ला सचिवालय सदस्य एबम बनेपा इन्चार्ज रामहरी सी र कार्यक्रमको संचालन केन्द्रीय प्रतिनिधि सदस्य पुर्णमान सीले गरेका थिए ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य होमराज सी, सहिद परिवारको तर्फबाट सहिद इन्द्रबहादुर तामाङ्ग “गोरख” को जीवन सङ्गीनी डोल्मु तामाङ्गले तामाङ्गले समेत मन्तब्य राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]