माओवादी केन्द्रका जिल्ला सदस्यसहित विभिन्न पार्टी परित्याग गरी १८ जना नेकपामा प्रवेश

काठमाडौँ । कालिकोटमा माओवादी केन्द्रका जिल्ला सदस्य सहित विभिन्न पार्टी परित्याग गरी १८ जना नेकपामा प्रवेस गरेका छन ।
नेकपाले बुधवार रास्कोटमा आयोजना गरेको जनसभामा माओवादी केन्द्रका जिल्ला सदस्य सहित विभिन्न पार्टी परित्याग गरेर १८ जना नेकपामा प्रवेस गरेका हुन ।
रास्कोट नगरपालिका वडा नम्वर ८ बाट माओवादी केन्द्र परित्याग गरेर मन्दीरे लुवार, पंख लुवार, गणेस लुवार, औला टमट्टा,पवन टमट्टा, नमराज टमट्टा, वडा नम्वर ६ बाट महावीरे लुवार नेकपामा प्रवेस गरेका छन ।
यस्तै पचालझरना ९ वाट माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य मनिराम सार्की, वडा कमिटी सदस्यहरु हंस सार्की, पंख सार्की, वीर टमट्टा, पहल दर्जि, हिक्मत दर्जि, जोखे तिरुवा, वडा नम्वर ७ वाट एमालेबाट जस ऐडी, वडा नम्वर २ बाट हिक्मत विक, र उमेश विक नेकपामा प्रवेस गरेका छन ।
उनीहरुले अरु पार्टी भन्दा नेकपा जनताको जिम्मेवार र इमान्दार पार्टी देखिएकाले नेकपामा प्रवेस गरेको बताएका छन । नवप्रवेसिहरुलाई नेकपाका महासचिव विप्लव सी लगायतका केन्द्रीय नेताहरुले फुलमाला र अविर लगाएर स्वागत गर्दै पार्टी प्रवेस गराएका थिए ।
-बसन्त विक