अनेम संघ क्रान्तिकारी मकवानपुरकाे अध्यक्षमा  सानु  सी

२०८१ फाल्गुन १७ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट   अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुरकाे तेस्रो जिल्ला भेलाले  सानु  सीकाे अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ  ।    जसको    उपाध्यक्षमा  अनिशा सी , सचिवमा  शान्ती सी , सहसचिवमा  विपना सी , कोषाध्यक्षमा  शुक्रमाया सीलगायत रहेका छन  । 

  सानू सी काे अध्यक्षतामा सम्पन्न उक्त भेलामा  अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष भृकुटी सी, नेकपा मकवानपुर जिल्ला इञ्चार्ज वाटर सी, नेकपा जिल्ला सचिव निङमर सी , हेटौंडा  उपमहानगर इन्चार्ज विवेक सी , अखिल समाजवादी के स स सुर्य सी र मजदुर संगठनका जिल्ला अध्यक्ष सुकुलाल सी , अखिल समाजवादी जिल्ला अध्यक्ष सुबाष सीलगायतकाे उपस्थिति  रहेको थियो  ।   


उक्त अवसरमा प्रतिबन्धको समयमा नेकपाका  प्रवक्ता  प्रकाण्ड सी सहितको टोलिलाई   दुश्मनको घेरावाट  बचाउनको लागि सफल मिहिनेत गर्ने  मनहरी -१ साहसी आमा माइली माया थोकरलाई नेकपा मकवानपुरले खादा लगाएर सम्मान गरेको थियो   ।   

प्रतिक्रियाहरु

[anycomment]