भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलन !

२०८१ फाल्गुन १७ गते, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलन गर्ने चेतावनी दिएका छ्न । शुक्रबार काठमाडौंमा आयोजित अध्यादेशबारे विज्ञसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
अध्यक्ष यादवले सांसदहरू खरिदब्रिकी गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने बताए । उनले भने -‘सरकारले यो अध्यादेश (भूमि) फिर्ता लिओस् । हैन सांसद खरिद बिक्री गरेर यो पास गराउँछ भने हामी जनताकोमा जान्छौं, र जनआन्दोलनको बाटो पक्रन्छौं, यो स्पष्ट भए हुन्छ ।’

साथै, उनले सुकुमवासीको समस्या पहिचान गरेर सधैंका लागि समस्या समाधान गर्नुपर्ने बताउदै भने- ‘धेरैवटा अध्यादेश विगतमा सरकारले फिर्ता लिएका छन् । सुकुमवासी भूमिहीनको पहिचान गरौं, समस्या समाधान कसरी गर्ने विज्ञ राखेर बहस गरौं, र वैज्ञानिक बाटो अपनाएर सधैंका लागि समस्या समाधान गरौं ।’

प्रतिक्रियाहरु

[anycomment]