कांग्रेस– एमाले गठबन्धनको सरकार असक्षम सावित !

२०८१ फाल्गुन १८ गते, आईतवार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस– एमाले गठबन्धनको सरकार असक्षम सावित भएको ठोकुवा गरेका छन् । पार्टी केन्द्रिय कमिटिको बैठकमा राजनीतिक, संगठनात्मक प्रतिवेदन तथा प्रस्तावहरु प्रस्तुत गर्दै उनले सो ठोकुवा गरेका हुन् । अध्यक्ष यादवले सरकार गठन पश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सिमित राखेको ठोकुवा गर्दै । सरकारप्रति जनतामा नैरास्यता बढ्दोक्रममा रहेको बताए । उनले राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले सरकार असक्षम र असफल सावित भइसकेको दाबी गरे ।
अध्यक्ष यादवले सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरु नै ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिदा पनि त्यसविरुद्ध सरकार मौन रहेको बताउदै केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको दाबी गरे ।

प्रतिक्रियाहरु

[anycomment]