अख्तियारद्वारा ललिता निवासको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। अख्तियारले दोषी ठहर भएकाहरुलाई बढी सजाय हुनुपर्ने अनि सफाई पाएकाहरुलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो । ललिता निवास प्रकरणका ११० जना आरोपित विरुद्ध नै अख्तियार सर्वोच्च अदालत पुगेको छ । अख्तियारले अरु ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुनुपर्ने माग राखेर पुनरावेदन दर्ता गरेको हो ।
अख्तियारले ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरुलाई कम सजाय गर्ने र कतिपयलाई सफाई दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको दावी गरेको छ ।