गभर्नर सिफारिस समिति गठन

२०८१ फाल्गुन २२ गते, बिहीबार


काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा सिफारिस गठन समिति गठन गरेको हो। नेपाल राष्ट्र बैंक ऐनले अर्थमन्त्रीको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने व्यवस्था गरेको छ । उक्त समितिमा अर्थमन्त्रीको अध्यक्षतामा पूर्वगभर्नर मध्येबाट एक जना र आर्थिक, मौद्रिक, बैंकिङ वित्तीय तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट नेपाल सरकारले तोकेको एक जना व्यक्ति सदस्य रहने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकका हालका गभर्नर महाप्रसाद अधिकारी आगामी चैत २२ देखि राष्ट्र बैंकबाट बिदा हुँदैछन्। नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो ।
अबको गभर्नरको रेसमा हालका डेपुटी गभर्नरहरुसँगै, राष्ट्र बैंककै हालका र पूर्व कार्यकारी निर्देशकहरु लागिरहेका छन् । त्यस्तै, अर्थविद् बैंकका सीईओ, पूर्वसीईओहरु पनि दौडमा छन् ।

प्रतिक्रियाहरु

[anycomment]