‘महासङ्घले अप्ठ्यारोमा परेका मजदुरहरुका समस्या सम्बोधन गर्नुपर्छ’

२०८१ फाल्गुन २७ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले समाजवादी ट्रेड युनियन महासङ्घले अप्ठ्यारोमा परेका मजदुरहरुका समस्या सम्बोधन गर्नु पर्ने बताएकी छन। सो पार्टीनिकट समाजवादी ट्रेड युनियन महासङ्घ नेपालको प्रथम गण्डकी प्रदेश बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।
नेता शिलु सीले मजदुरहरुका हकहितका विषयमा नेकपा प्रतिबद्ध रहेको र महासङ्घले अप्ठ्यारोमा परेका मजदुरहरुका समस्या सम्बोधन गर्नुपर्ने बताइन् ।
यसैगरी , सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका पोलिट ब्युरो सदस्य आस्था सीले देश परिवर्तनमा मजदुरहरुको भूमिका निकै महत्वपूर्ण हुने बताउँदै समाजवाद ल्याउन पनि पार्टीले मजदुरको विशेष भूमिकाकाे अपेक्षा गरेको बताइन् ।
महासङ्घका प्रदेश संयोजक शिव सीको अध्यक्षतामा सम्पन्न बैठकले संगठन विस्तार, मजदुरहरूको वर्तमान अवस्था, उनीहरूको हकहितका लागि आवश्यक कार्यक्रम सञ्चालन र उत्पादन अभियानलाई निरन्तर अघि बढाउने विषयमा गम्भीर छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको बताइएको छ ।
बैठकमा सहभागी श्रमिक नेताहरूले मजदुर आन्दोलनलाई सशक्त बनाउन आवश्यक रणनीति तय गर्नुपर्नेमा जोड दिँदै श्रमिकहरूको अधिकार संरक्षण तथा उन्नयनका लागि संगठनात्मक सशक्तिकरण अपरिहार्य रहेको धारणा राखेका थिए ।
बैठकले मजदुरहरूको न्यूनतम ज्याला, रोजगारीको स्थायित्व, सामाजिक सुरक्षा र श्रमिकहरूको जीवनस्तर उकास्ने विविध कार्यक्रमहरू अघि बढाउने निर्णय गरेको छ । साथै, नेकपाले अघि सारेको उत्पादन अभियानलाई सघन रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]