अमेरिकी अनुदानमा सञ्चालित ३४ कार्यक्रम खारेज

काठमाडौँ । नेपालमा अमेरिकी अनुदानमा सञ्चालित ३४ कार्यक्रम खारेज भएका छन् । यससँगै, अमेरिकी सहयोग नियोग (यूएसएआईडी) अन्तर्गत नेपालमा सञ्चालित ३२ करोड ४९ लाख २९ हजार ५ सय १६ अमेरिकी डलर (बुधबारको विनिमय दरअनुसार ४५ अर्ब ४३ करोड रुपैयाँ) का यी कार्यक्रम खारेज भएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले घोषणा गरेका छन् ।
रुबियोका अनुसार, यी कार्यक्रम अमेरिकी स्वार्थविपरीत खर्च भएका थिए, जसले अमेरिकी राष्ट्रिय हितलाई सेवा गरेनन् र केही अवस्थामा हानि पनि पुर्याए। ६ सातामा वैदेशिक सहायता कार्यक्रमको समीक्षा पूरा भएपछि ५ हजार २ सय कार्यक्रम रद्द गरिएको र बाँकी १ हजार कार्यक्रमको भविष्य अझै स्पष्ट नभएको जनाइएको छ।