शीर्ष तीन दलका नेताबिच छलफल हुँदै

२०८१ चैत्र ११ गते, सोमबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड’बीच आज दिउँसोका लागि भेटवार्ता तय भएको छ । बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा छलफल हुने बुझिएको छ ।
शीर्ष नेताहरुको आजको बैठकमा संक्रमणकालीन दुई वटा आयोगमा पदाधिकारी नियुक्तिबारे छलफल हुनेछ । यसै गरी पछिल्लो राजनीतिक घटनाक्रम, राजावादीहरुको आन्दोलन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]