‘राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु सरह हो’

२०८१ चैत्र १७ गते, आईतवार


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी, कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु सरह भएको टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरुले गल्ती गरे जनताले सच्याउनुपर्ने बताए । उनले अहिलेको परिस्थितिमा शतर्क हुनु जरुरी रहेको बताउनु भयो । लोकतन्त्रका कमी, कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने- ‘हिम्मत हारेर हुँदैन, निराश भएर हुँदैन, जब समाज, राज्यमा विकृति हुन्छ, सत्तामा बस्नेहरुले गल्ती गर्दछन्, त्यतिबेला खबरदारी गरेर सच्याउने जनताले हो । तर लोकतन्त्रमा लडेका नेताहरु, लोकतन्त्र प्रणालीमा काम गरिरहेकाहरुले गल्ती, कमजोरी गरे भनेर लोकतन्त्रका बिरोधीहरु निरंकुशता, राजतन्त्रवादी शक्तिहरु आउनुपर्छ भनेर बुझ्नु त्यो भोक लाग्यो भनेर विष पान गर्नु जस्तै हुन्छ । त्यो श्रेयस्कर, बुद्धिमानी हुँदैन । अहिले जुन किसिमको परिस्थिति निर्माण हुँदैछ, त्यसमा हामी शतर्क बनौँ । हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली इतिहासमा ढिलै भएपनि ल्याएका छौँ, यसका कमी, कमजोरीहरु छन् । यसलाई सच्याउँदै अघि बढ्नुपर्छ ।’
उनले संविधानमा केही त्रुटीहरु रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]