समाजवादी मोर्चाको बैठक पेरिसडाँडामा जारी

२०८१ चैत्र १८ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालको बैठक नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिसडाँडामा जारी छ। बैठकमा संविधान, गणतन्त्र र संघीयताविरूद्ध राजावादी शक्तिहरू चलमलाएको भन्दै यसको रक्षा र प्रवर्द्धनबारे छलफल भइरहेको बताइएको छ।
गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा ध्वंशात्मक प्रदर्शन गर्दा दुई जनाको ज्यान गएको थियो। आन्दोलनकारीहरूले आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय, एकीकृत समाजवादीकै जिल्ला कार्यालय, तीनकुनमा रहेको दुईवटा निजी घर, सञ्चारगृह, कोटेश्वरमा रहेको जडिबुटी कारखानामा तोडफोड र आगजनी गरेका थिए। राजावादीहरूले १४ वटाभन्दा बढी सार्वजनिक सवारीसाधनमा आगजनी गरेका थिए। समाजवादी मोर्चाको आजको बैठकमा यी बिषयमा छलफल गर्ने र आगामी कार्यक्रम बारे निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु