यथास्थिति र प्रतिगामी षड्यन्त्र अमान्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले यथास्थिति र प्रतिगामी षड्यन्त्र दुवै अमान्य हुने उद्घोष गरेको छ। सो पार्टीद्वारा चैत्र २४ गते ३५ओैं जनआन्दोलन दिवसको अवसरमा देशब्यापीरुपमा आयोजित कार्यक्रममार्फत उक्त उद्घोष गरेको हो ।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी ललितपुरले जनआन्दोलन दिवसको सन्दर्भमा ‘दलाल संसदीय पुँजीवाद तथा प्रतिगामी षड्यन्त्रको विरुद्ध विरोध प्रदर्शन सहित कोणसभा’ कार्यक्रम गरेको छ। उक्त कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज विपिन सीले देशको वर्तमान राजनीतिक संकटको समाधान नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरे । उनले भने– ‘जनआन्दोलन र जनयुद्धले राजतन्त्रको अन्त्य गर्दै नेपाली जनतालाई केही महत्वपूर्ण राजनीतिकरसामाजिक अधिकार दिलायो। देशमा संसदीय पुँजीवादी गणतन्त्र स्थापना भयो। यो व्यवस्था राजतन्त्र भन्दा कयौं गुणा अग्रगामी र प्रगतिशील व्यवस्था पनि हो । तर दलाल पुँजीपति वर्गको हालीमुहाली, गणतन्त्रका प्रणालीगत सीमाहरु र यसका संचालकहरुको भ्रष्ट आचरणका कारण यो व्यवस्थालाई अपडेटरपरिस्कृत गरेर नेपाली विशेषताको समाजवाद स्थापना गर्नुपर्ने विन्दुमा हामी आइपुगेका छौँ । गणतन्त्रका यहि सीमाहरुलाई देखाएर देशलाई राजतन्त्रतर्फ फर्काउने प्रतिगामी तत्वहरुको षड्यन्त्र सफल हुँदैन। देश र जनता राजतन्त्र, राणा शासन तिर फर्कन चाहेका पनि छैनन, त्यो सम्भव हुने कुरा पनि होइन। बरु देशको राजनीतिकरआर्थिक संकटको निकास समाजवादले दिनेछ। नेपाली जनताले यो कुरा बुझ्न जरुरी छ। नेकपाले यसको नेतृत्व गरिरहेको छ। सबैको साथ सहयोगको अपेक्षा गर्दछौं । ‘
नेकपा ललितपुर आयोजक रहेको उक्त कार्यक्रमको सभापतित्व केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी ललित सीले गरेका थिए । विरोध प्रदर्शन कार्यक्रममा नेकपाका ललितपुर जिल्ला इन्चार्ज विपिन सी को प्रमुख आतिथ्यता रहेको थियो भने ललितपुर जिल्ला कार्यक्षेत्र रहेका केन्द्रीय सदस्य रत्न सी , वैकल्पिक केन्द्रीय परिषद् सदस्य अनुप सी को विशेष उपस्थिति रहेको थियो । जिल्ला स्तरीय पार्टीको सहायक संगठन, मोर्चा, जिल्ला कमिटी सदस्यलगायत उल्लेख्य जनसहभागितामा विरोध सभा भएको हो । विरोध प्रदर्शन कार्यक्रम संचालन केन्द्रीय परिषद् सदस्य तथा महानगर इन्चार्ज बज्र सी ले गरेका थिए । विरोध प्रदर्शनमा सरकारका गलत क्रियाकलाप तथा सरकारको प्रतिशोधपुर्ण कदम र प्रतिगमनकारी हरुको पछिल्लो क्रियाकलापको विरोध र गरिएको थियो ।

यसैगरी, नेकपा दाङले जिल्लाव्यापी जनआन्दोलन दिवस मनाएको छ । नेकपाले जिल्लाका प्रमुख शहरहरुमा प्रदर्शनसहित कोणसभा गरि जनआन्दोलन दिवसको कार्यक्रम सम्पन्न गरेको नेकपा दाङका सेक्रेटरी तिलक सीले बताए । यसैक्रममा तुलसीपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी रुद्र सीले चैत २४ को ऐतिहासिक पृष्ठभुमिलाई स्मरण गर्दै नयाँ क्रान्तिको थालनी गर्ने दिनको रुपमा बुझ्नुपर्ने बताए । उनले भने– ‘चैत २४ लाई सम्झिदै गर्दा नयाँ संघर्षको थालनी गर्ने, नयाँ क्रान्तिको थालनी गर्ने, नयाँ तयारी गर्नको लागि यस्ता आन्दोलनहरुलाई स्मरण गर्छौं । अहिले यो दिवसलाई मनाइरहँदा हाम्रो तयारी भनेको समाजवादी व्यवस्थाका लागि हो । हामी नेपाली विशेषताको समाजवादका लागि संघर्षरत छौँ ।’
देशमा राजावादी र गणतन्त्रवादीहरुको बिचमा टक्कर परिरहेको सन्दर्भमा बोल्दै नेता रुद्र सीले भने,–‘अहिले दुई शक्तिलाई लडाएर तेस्रो शक्तिले हालिमुहाली गर्ने त होइन भन्ने स्थिति छ । हामीले भनेका छौँ जनताको अभिमतबाट निर्णय गर्ने हो भने दलाल पुजीवादी व्यवस्था र समाजवादी व्यवस्थाको भनेर जनमतसंग्रह गरौं भन्ने कुरा हो । हाम्रो पार्टीको जनतालाई अपिल छ यो देशको मुख्य समस्या भनेको यो व्यवस्था को हो त्यसैले अहिलेको आर्थिक, राजनीतिक, सांस्कृतिक लगायत तमामखाले समस्याको समाधान नेपाली विशेषताको समाजवाद हो ।’
जनआन्दोलन स्मृति दिवस कार्यक्रमको सहजीकरण नेकपाका दाङ जिल्ला सचिवालय सदस्य नविन सीले गरेका थिए ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी पर्साले चैत्र २४ गते जनआन्दोलन दिवसकाे अवसरमा प्रतिगमनविरुद्ध जनप्रदर्शन गरेको छ । उक्त कार्यक्रममा सम्बाेधन गर्दै पार्टी पिबिएम तथा पर्सा इन्चार्ज त्रिलोक सीले पश्चगामी र यथास्थिति होइन नेपाली विशेषताको समाजवादको व्यवस्था हुनुपर्ने बताए । मिटरव्याज, लघुवित्त, मानव तस्कर, मुद्रा तस्करबाट पीडित जनताले उन्मुक्ति पाउन नेपाल कम्यूनिष्ट पार्टीले संघर्षकाे आह्वान गरेको भन्दै उनलेे यसमा एकताबद्ध हुन अपिल गरे ।
दलाल संसदीय पूँजीवादी व्यवस्थामा भ्रष्टाचार, कमिसन खोर, नोकर शाही निम्न पूँजीवादी चिन्तन र जनताको ढाँड सेक्ने गरि दोहोरो कर प्रणाली, बेरोजगारी समस्या पनि दिनप्रतिदिन बढ्दै गएको कारण पश्चगामी तत्वहरु आज गणतन्त्रका विरुद्ध षडयन्त्र गर्न पाइरहेकोसमेत उनले बताए । दलाल संसदीय पुँजीवादी व्यवस्थालाई अन्त्य गरी नेकपाले नेपाली विशेषताको समाजवाद कायम गर्न चाहेको बताए ।
उक्त कार्यक्रमकाे अध्यक्षता पार्टी जिल्ला सेक्रेटरी विगा सीले गरेका थिए । कार्यक्रमकाे सञ्चालन पार्टीका केन्द्रीय सदस्य जनक सीले गरेका थिए भने स्वागत मन्तव्य युवा संगठनका इन्चार्ज दिपेन्द्र सीले राखेका थिए ।

यता, नेपाल कम्युनिस्ट पार्टी झापाले प्रतिगमन र षड्यन्त्रको विरुद्ध वृहत् विरोध प्रदर्शन गरेको छ। झापाको विर्तामोडमा नेकपाका नेताकार्यकर्ताले राजतन्त्रको विरोधमा विभिन्न नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन्। विर्तामोड स्थित पश्चिम बस स्टेसन बाट नाराबाजी सहित शुरु भएको र्याली मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियोे । र्यालीमा प्रतिगमन मुर्दावाद, समाजवादी व्यवस्था जिन्दावाद, प्रतिगमन मुर्दावाद, विप्लव आउ देश बचाउ लगायतका नारा सहित प्लेकार्ड प्रदर्शन गरिएको थियोे ।
उक्त कोणसभालाई सम्बोधन गर्दै नेकपाका झापा इन्चार्ज सुमनसिंह सी ले देशलाई पछाडि धकेल्न खोज्ने अराजक तत्वहरुलाई जनताले कारबाही गर्ने समय आएकाले धेरै नसलबलाउन चेतावनी दिएका छन्। उनले पछिल्लो समय दुर्गा प्रसाईं जस्तो अराजक व्यक्तिहरु राजतन्त्रको वकालत गर्दै आन्दोलन गर्न थालेको र त्यसको कुनै औचित्य नरहेको उल्लेख गरे। उनले गणतन्त्रको भत्ता खाएर गणतन्त्रको विरोध गर्नेहरु दलाल र रैती भएको बताउँदै यिनिहरुलाई कारबाही गर्नुपर्ने उल्लेख गरे। राजतन्त्रवादिहरु बेलैमा सचेत भएनन् र धेरै चलखेल गरे उनिहरुको दुखद अन्त्य हुने समेत उनले चेतावनी दिएका छन्।
गणतन्त्रको विकल्प जनताले मिल्काइसकेको राजतन्त्र नहुने स्पस्ट पार्दै उनले अबको विकल्प नेपाली विशेषताको समाजवाद रहेको र सबै समस्याको निकास समाजवादी व्यवस्था रहेको बताए ।