यथास्थिति र प्रतिगामी षड्यन्त्रबिरुद्ध मसाल जूलूस प्रदर्शन

२०८१ चैत्र २८ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले यथास्थिति र प्रतिगामी षड्यन्त्रबिरुद्ध काठमाडौँ उपत्यका लगायत देशव्यापीरुपमा मसाल जूलूस प्रदर्शन गरेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी काभ्रेले प्रतिगमन तथा भ्रष्टाचारकाविरुद्ध मसाल जुलुस सम्पन्न गरेको छ । बनेपाको चादनी चोकबाट सुरु भएको उक्त मसाल जुलुस चारदोबाटो चोकमा पुगेर सम्पन्न भएको थियो ।
उक्त मसाल जुलुस पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै जिल्ला सचिवालय सदस्य एबम नगर इन्चार्ज रामहरी सी ले सम्बोधन गरेका थिए । यसैगरी , काभेकै महाभारत गाउँ पालिका १ गोकुलेमा समेत मसाल जुलुस सम्पन्न भएको र उक्त मसाल जुलुसलाई जिल्ला सचिवालय सदस्य एबम गाउँ पालिका इन्चार्ज टाईगर सी ले सम्बोधन गरेको बताएको छ ।
यता, नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले प्रतिगामी षडयन्त्र विरुद्ध लामाेसाघुमा मसाल जूलूस प्रदर्शन गरेको छ ।नेकपा सिन्धुपाल्चोकले बुधबार पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा मसाल जूलूस प्रदर्शन कार्यक्रम सम्पन्न गरेको हो । प्रतिगामी एवम पश्चगामी षडयन्त्रको विरुद्धको मसाल जूलूस जिल्लामा बलेफि गाउपालिकाकाे लामाेसाघुमा पार्टीका नेताकार्यकर्ताको उपस्थितिमा सम्पन्न गरिएको पार्टीका जिल्ला सेक्रेटरी साेनाम सीले जानकारी दिए ।
नेकपा सिन्धुपाल्चोकले आयाेजित मसाल जूलूस प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी साेनाम सीले पार्टीले प्रतिगामीहरुको चलखेल लाई कुनैपनि हालतमा सफल हुन नदिने जिकिर गरे । उनले भने – ‘ हामिले बलिदानको जगमा गणतन्त्र प्राप्त गरेका छौँ । यसमा हजारौं जनताको बलिदान छ । अहिले केही प्रतिगामी तत्वहरुले जनताको बलिदानको जगमा उभिएको गणतन्त्र उल्ट्याउने प्रयत्न गरिरहेका छन् तर हामी कुनैपनी हालतमा यो षडयन्त्र पूरा हुन दिदैंनौ । हामिलाई थाहा छ अहिलेको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेको छैन् , यसको निकास यसलाई नेपाली विशेषताकाे समाजवादी बदल्नु अहिलेको निकास हो । तर गणतन्त्रको विकल्पमा राजतन्त्रमा फर्किनु अग्रगामी निकास होइन । नेपाली जनतालाई फेरि अध्यारोतिर फर्काउने सोच हाम्रो पार्टीलाई स्विकार्य हुँदैन ।’
मसाल जूलूसपछिको कोणसभाको सहजीकरण पार्टीका जिल्ला सदस्यहरु दिपक सी ,हिरासीले गरेका थिए ।
यता, नेकपा दाङले यथास्थिति र प्रतिगामी षड्यन्त्र बिरुद्ध जिल्लाभर मसाल जूलूस प्रदर्शन गरेको छ । नेकपा दाङले बुधबार पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाका मुख्य सहरहरुमा मसाल जूलूस प्रदर्शन कार्यक्रम सम्पन्न गरेको हो ।
नेकपा दाङका जिल्ला सेक्रेटरी तिलक सीले प्रतिगामी एवम पश्चगामी षडयन्त्रको विरुद्धको मसाल जूलूस जिल्लामा देउखुरी क्षेत्रमा राप्ती गाउँपालिका , घोराहीको तुलसीपुर चोक , तुलसीपुरको वसपार्क स्थित तिनकुने चोक र दंगिशरण गाउँपालिकामा पार्टीका नेताकार्यकर्ताको उपस्थितिमा सम्पन्न गरिएको जानकारी दिए ।
उक्त मसाल जूलूस प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य रुद्र सीले पार्टीले प्रतिगामीहरुको चलखेल लाई कुनैपनि हालतमा सफल हुन नदिने बताए । उनले भने – ‘ हामिले बलिदानको जगमा गणतन्त्र प्राप्त गरेका छौँ । यसमा हजारौं जनताको बलिदान छ । अहिले केही प्रतिगामी तत्वहरुले जनताको बलिदानको जगमा उभिएको गणतन्त्र उल्ट्याउने प्रयत्न गरिरहेका छन् तर हामी कुनैपनी हालतमा यो षडयन्त्र पूरा हुन दिदैंनौ । हामिलाई थाहा छ अहिलेको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेको छैन् , यसको निकास यसलाई समाजवादी गणतन्त्रमा बदल्नु अहिलेको निकास हो । तर गणतन्त्रको विकल्पमा राजतन्त्रमा फर्किनु अग्रगामी निकास होइन । नेपाली जनतालाई फेरि अध्यारोतिर फर्काउने सोच हाम्रो पार्टीलाई स्विकार्य हुँदैन ।’
नेता रुद्र सीले नेपालको अहिलेको दलाल पुजीवादी सत्ताको विकल्पमा नेपाली बिशेषताको समाजवाद नै अग्रगामी निकास भएको जिकिर गरेका हुन् ।
उक्त मसाल जूलूसपछिको कोणसभाको सहजीकरण पार्टीका जिल्ला सचिवालय सदस्य नवीन सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]