नेपाल बार एसोसियनमा मिश्रको प्यानल नै विजयी

२०८१ चैत्र २८ गते, बिहीबार


काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्रको प्यानल नै विजयी भएको छ । डा. मिश्रले आफ्ना निकटतम प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठलाई २,४३१ मतले पछि पार्दै विजय हासिल गरे। मिश्रले ५,०५२ मत प्राप्त गरेका थिए भने श्रेष्ठले २,६२१ मत पाएका थिए। यसै निर्वाचनमा मिश्र प्यानलकै केदारप्रसाद कोइराला महासचिवमा निर्वाचित भएका छन्। कोइरालाले ४,८७४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी यज्ञमणि न्यौपानेले २,३६७ मत पाएका थिए।

प्रतिक्रियाहरु

[anycomment]