युवा संगठन नेपालको सचिवालय बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालको पाँचौं केन्द्रीय समितिको दोस्रो सचिवालय बैठक सुरु भएको छ । बैठक नेकपाका महासचिव विप्लव सी को प्रमुख अतिथ्य्तामा नेकपाको केन्द्रिय कार्यालय कपिलवस्तुमा सुरु भएको हो।
युवा संगठन नेपालका अध्यक्ष दिनेश सीको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा संगठनका सचिवलाय सदस्यहरुको सहभागीता रहेको छ ।
उक्त बैठकमा संगठनको आगामी कार्ययोजना, राष्ट्रिय राजनीतिक परिस्थितिको मूल्याङ्कन र विभिन्न सांगठनिक विषयमा गम्भीर छलफल हुने बताइएको छ।
