वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरूङ

२०८१ चैत्र ३० गते, शनिबार


काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरूङ नरेश गेलालाई ६१ मतान्तरले हराउँदै विजयी भएका छन्। गुरूङले ४२८ मत प्राप्त गरे भने गेलालले ३६७ मत प्राप्त गरेका थिए । अध्यक्षमा निर्वाचित गुरूङ संघको पूर्व द्वितीय उपाध्यक्ष एवं गुरूङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन्।
यस्तै, प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा बैकुण्ठप्रसाद पौडेल निर्वाचित भएका छन्। यस्तै, महासचिवमा महेशकुमार बस्नेत निर्वाचित भएका छन्। बस्नेतले ४२३ मत प्राप्त गर्दा प्रतिस्पर्धी कर्णराज कटुवालले ३६२ मत प्राप्त गरे।
यसैगरी, सचिवमा कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित भएका छन्। सदस्यमा भने रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे, विद्यालक्ष्मी बज्राचार्य विजयी भएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु