‘कांग्रेसको उदारवादी अर्थनीतिले अर्थतन्त्र धरासायी भयो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इञ्चार्ज अनिल सीले नेपाली कांग्रेसले विश्व बैंकको दबाबमा ल्याएको कथित उदारवादले देश धरासायी भएको आरोप लगाएका छन् । शनिबार नेकपाको सर्लाही जिल्ला पार्टी बैठकलाई सम्बोधन गर्दै नेता अनिल सीले नेपाली कांग्रेसले विश्व बैंकको दबाबमा ल्याएको कथित उदारवादका कारण देश परतन्त्र र धरासायी भएको आरोप लगाएका हुन्।
उनले कांग्रेसको स्वतन्त्र अर्थनीति नै नभएको बताउँदै विश्व पूँजीवादको भरिया मात्र भएको आरोप लगाए ।
लालवन्दी बजारमा भएको बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी प्रमिला सीले गरेकी थिइन् भने जिल्ला इञ्चार्ज कमल सीले निर्देशनात्मक मन्तव्य राखेका थिए ।
विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको बैठकले प्रतिगमन र मिटरब्याजी विरुद्ध सशक्त संघर्ष चर्काउने निर्णय समेत गरेको नेकपा सर्लाहीले जनाइएको छ ।