नेकपा मधेस प्रदेशद्वारा प्रतिगमनविरुद्ध मशाल जुलुस

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, मधेस प्रदेशले प्रतिगमनविरुद्ध जनकपुरमा मशाल जुलुस प्रदर्शन गरेको छ। सो पार्टीले बिहिबार साँझ राजावादीहरूको प्रतिगमनकारी हर्कत, संघीयता मास्ने षड्यन्त्र र दलाल पुँजीवादको विरुद्ध जनकपुरमा राँके जुलुस प्रदर्शन गरेको हो।
जनकपुरधाम बजारको भानुचौकबाट शुरु भएको जुलुस प्रतिगमन विरुद्ध नारा लगाउँदै मिल्स एरिया चोकमा पुगेर सभामा परिणत भएको थियो ।
उक्त सभाबाई पार्टीका केन्द्रीय सदस्यहक लक्ष्मण सी, पवन सी. र इन्द्रदेव सीले सम्बोधन गरेका थिए।प्रतिगम बिरुद्धको मसाल जुलुसको नेतृत्व पार्टीका मधेस प्रदेश इन्चार्ज अनिल सीले गरेका थिए।