‘पार्टी दर्ता गरेरै चुनाबमा जान्छ’

२०८२ बैशाख ७ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मिलन सीले २०८४ मा पार्टी दर्ता गरेरै चुनाबमा जाने भएकोले तयारीमा जुट्न नेता – कार्यकर्तालाई आग्रह गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी सम्पर्क साधारण शाखाको ११औ पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
नेता मिलन सीले सम्पर्क साधारण शाखाको तेस्रो राष्ट्रिय सम्मेलन भब्यरुपमा सम्पन्न गर्नको निम्ति सम्पुर्ण बिभागिय सदस्यलाई घनिभूत तयारीमा लाग्न निर्देशन दिए । उनले जिल्ला भेला सम्मेलन , प्रचार प्रसार व्यवस्थापनमा जुट्न आग्रह गरे ।
त्यसैगरी, नेता मिलन सीले ध्रुवीकरण कार्यक्रमलाई तीब्रता दिन आग्रह गर्दै पार्टी बिचार शम्लेषणसहित जनतामा जान निर्देशन समेत दिए।


यसैबीच, काठमाडौं समाजवादी सम्पर्क मंच रामेछापकाे तेस्रो जिल्ला भेलाले तेज बहादुर सीको अध्यक्षतामा १४ जनाको कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी सी , सचिवमा निपुण सी , सहसचिवमा धनुराज सी , काेषाध्क्षमा विपना सी र सदस्यहरुमा दिलमान सी, जित बहादुर सी, देव बहादुर सी, डिगलाल सी, सहदेव सी, ज्ञानु सी, सन्ताेष सी, डिगबहादुर सी र करण सी रहेका छन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार