समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेशको बैठक सम्पन्न

२०८२ बैशाख २१ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेशको बैठक सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेशका संयोजक सुशील सीको अध्यक्षतामा पार्टीका नेता एटम सी ,कलम सी ,जीत सी र मोर्चाका नेताहरु नेपाल कम्युनिष्ट पार्टी माओवादी ( केन्द्र) बाट पूर्व मुख्यमन्त्री राजकुमार शर्मा ,नेपाल कम्युनिष्ट पार्टी एकीकृत (समाजवादी )को तर्फबाट कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रसाद पुरी, धिर बहादुर विष्टको उपस्थिति रहेको थियो ।
उक्त बैठकले लिएका निर्णयहरु यस प्रकार रहेका छन –
१)कर्णालीमा जनसरोकार विषयहरू रोजगारी, यातायात, उत्पादन सुशासन भ्रष्टाचार लगायतका विषयमा समाजवादी मोर्चाको तर्फबाट मुख्यमन्त्रीलाई ज्ञापनपत्र पेश गर्ने
२) समाजवादी मोर्चाको संयन्त्र गठन पुनर्गठन र हस्तान्तरण गर्ने
३) महिला युवा विद्यार्थी दलित (श्रमिक) र नागरिक समाजको कर्णाली प्रदेशमा समाजवादी मञ्च गठन गर्ने
४) कर्णाली समाजवादी मोर्चाको विस्तारित बैठक गर्ने
५) वैशाख २६ गते कर्णाली समृद्धिमा युवा विद्यार्थीको भूमिका विषयको अन्तरक्रिया कार्यक्रम गर्ने।

प्रतिक्रियाहरु

[anycomment]