बाल मन्दिर प्रकरण : रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले नक्सालस्थित नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । रिता सिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो । उनीसहित १७ जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता गर्दै ६० करोड बढी रकम मागदाबी गरिएको छ ।
बाल मन्दिरको जग्गा लिजमा दिने निर्णयमाथि अनुसन्धानपछि प्रहरीले फाइल पेश गरेको थियो भने जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने सिफारिस गरेको थियो ।
रिता सिंह वैद्य वर्तमान उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।