‘राजस्वले साधारण खर्च धान्न धौधौ’
 
                
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वले साधारण खर्च धान्न धौधौ रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित पूर्वबजेट छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
यसैगरी, अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षाको भार अर्थतन्त्रले थेग्न नसक्ने अवस्था आएको स्वीकार गर्दै सामाजिक सुरक्षाभत्ता राज्यको सामथ्र्यबाहिर पुग्न लागेको बताए । उनले हरेक आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षाको रकम वृद्धि गर्न दलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको बताए ।
यसैगरी , अर्थमन्त्री पौडेलले स्वास्थ्य बीमा पनि अहिलेकै अवस्थामा अगाडि बढाउन नसकिने बताए । स्वास्थ्य बीमा जरुरी रहे पनि श्रोतको सीमितताका कारण धान्न गाह्रो हुने अवस्था रहेको बताए ।

 
                 
                             
                             
                         
                         
                        