रवि लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट हर्न नमिल्ने भएको छ ।न्यायाधीशहरु यसअघि रविको मुद्दाको सुनुवाईमा संलग्न रहेका कारण मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । आइतबार लामिछानेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेको थियो ।
त्यसैगरी नारायण पहराई समेतको जाहेरीले रवि लामिछाने र छविलाल जोशी विरुद्ध परेको सहकारी ठगीसम्बन्धी मुद्दा पनि आइतबार पोखरेल र ढकालकै बेञ्चमा पेशीमा चढेको थियो । यी दुबै मुद्दाहरु पनि ‘हेर्न नमिल्ने’ सूचीमा परेका छन् ।