चिनियाँ नेता सियाओ जी काठमाडौंमा

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी नेपाल भ्रमणमा आएका हुन् ।
उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए । सगरमाथा संवाद जेठ २ गते (शुक्रबार) देखि ४ गतेसम्म यहाँ हुँदैछ । – रासस