नदीजन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी बन्द गर

२०८२ जेष्ठ २२ गते, बुधबार


काठमाडौँ । समाजवादी मोर्चा नेपाल, रुपन्देहीले विभिन्न खोलानालाबाट मापदण्डविपरीत रूपमा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन र चोरी निकासी भइरहेकोप्रति गम्भीर आपत्ति जनाएको छ। मोर्चाले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुटवल, सैनामैना, देबदह, सियारी, सुद्धोधन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी र कञ्चन पालिकाभित्र रहेका तिनाउ, दानब, चरङ्गे, कर्साघाट, रोहिणी, घोडाहा लगायतका खोलाहरूमा बिनानियन्त्रण र बिनामापदण्ड खनन भइरहेको भन्दै तत्काल रोक लगाउन माग गरेको हो।
समाजवादी मोर्चा रुपन्देहीका संयोजक एवं नेकपाका केन्द्रीय सदस्य सरद सी, माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसी र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिराध्वज शाहद्वारा जारी बिज्ञप्तिमा अवैध रूपमा नदीजन्य पदार्थ संकलन गरी केही क्रसर उद्योगसम्म सिधै ओसारपसार भइरहेको, घाटगड्डी नगरी चोरी निकासी भइरहेको र नियमनकारी निकायहरूको मिलेमतोमा यो कार्य चलिरहेको आरोप लगाइएको छ ।
मोर्चाले मापदण्डविपरीत खोलाबाट खननमा प्रयोग गरिएका मेसिनरी साधनहरू तत्काल हटाउन, अनुगमनलाई कडाइका साथ लागू गर्न, नियमनलाई प्रभावकारी बनाउन तथा दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेको छ। साथै, उनीहरूले आफ्नो मागलाई बेवास्ता गरिए संघर्षको बाटो रोज्ने स्पष्ट चेतावनीसमेत दिएका छन्।
यस बिषयमा समाजवादी मोर्चा रुपन्देहीका संयोजक एवं नेकपाका केन्द्रीय सदस्य सरद सी, माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसी र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिराध्वज शाहद्वारा जारी बिज्ञप्ति :

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु