सर्वोच्चको न्यायाधीशमा ३ जनाको नाम सिफारिस

काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापालाई न्यायाधीस नियुक्ति गर्न सिफारिस गरेको हो ।
न्यायापरिषद् बैठकले एक जनाको सिट खाली राखेर तीन जनालाई न्यायाधीश बनाउन सिफारिस गरेको हो । पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष हुन् । पौडेल उच्च अदालत जनकपुर र थापा उच्च अदालत दीपायलमा न्यायाधीशका रूपमा कार्यरत छन् । पोखरेल भने कांग्रेसको कोटामा परेका हुन् ।
सर्वोच्चमा चार न्यायाधीश रिक्त भएपनि एक जनाको नाम सिफारिस हुन बाँकी छ । अब संसदीय सुनुवाइको प्रव्रिmया अघि बढ्ने छ । सुनुवाइ पूरा भएपछि न्यायाधीशको नियुक्ति हुने छ । संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीशसहित सर्वोच्चमा २१ न्यायाधीश रहने छन् । हाल १७ जना कार्यरत छन् ।