भूमिहीनलाई जग्गा वितरण गर्न निवेदन आह्वान

काठमाडौँ । भूमि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि निवेदन आह्वान गरेको छ । आयोगले उनीहरुलाई जग्गा वितरणका लागि बिहिबार पुन: सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ । निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक खटिएका छन् । उनीहरू मार्फत निवेदन दिन सकिने आयोगले जनाएको छ । यो सूचना पहिलोपटक वैशाख ३१ गते प्रकाशित भएको थियो ।
