रवि लामिछानेविरुद्ध पर्सा अदालतमा पनि मुद्दा दर्ता

२०८२ असार २ गते, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ। जिल्ला सकारी वकिलको कार्यालय पर्साले वीरगन्जको आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ रकम अपचलन भएको दाबी गर्दै लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो। जसमा लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ। यस्तै छविलाल जोशीविरुद्ध भने ७ करोड २० लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले यसअघि गत वैशाख १४ गते अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। उक्त प्रतिवेदनमा भने प्रहरीले सानोपाइला सहकारी संस्थामा लामिछानेसहितको संलग्नतामा २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ २९ पैसा रकम अपलचन यकिन गरेको थियो।

प्रतिक्रियाहरु

[anycomment]