‘साम्राज्यवाद भनेकै युद्ध हो ‘

२०८२ असार १२ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित नौ कम्युनिस्ट पार्टीले साम्राज्यवाद भनेकै युद्ध भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा माओवादी केन्द्र , नेकपा मसाल , राष्ट्रिय जनमोर्चा ,नेकपा एकीकृत समाजवादी , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत) लगायत नौ कम्युनिस्ट पार्टीद्वारा बुधबार आयोजित साम्राज्यवादी युद्धको विरुद्ध संयुक्त अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले साम्राज्यवाद भनेकै युद्ध भएको ठोकुवा गरेका हुन् । उक्त अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले साम्राज्यवादले युद्धको खेती गरि रहेको तथ्य प्रस्तित गर्दै साम्राज्यवाद रहँदा सम्म युद्ध रहि रहने जिकिर गरेका थिए। उनीहरुले इरान र प्यालेष्टाइन माथिको अमेरिकी र इजराइली आक्रमण तत्काल बन्द गर्न माग गर्दै न्यायप्रेमी जनता र उत्पीडित राष्ट्रहरूले अझ लामो लडाई लडन बाँकी रहेको समेत बताएका थिए ।
साम्राज्यवादी युद्धको विरुद्ध संयुक्त अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका चिरन सी , नेकपा माओवादी केन्द्रका अग्नि सापकोटा ,नेकपा मसालका रामप्रसाद पुरी, नेकपा एकीकृत समाजवादीका घनस्याम भुसाल, रास्ट्रीय जनमोर्चाका चित्रबहादुर केसी,बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका राजेस्वरी सुवेदी , नेकपा बहुमतका धर्मेन्द्र बास्तोला,राजनीतिक सम्वाद थलानीका सङ्गीत श्रोता लगायतले मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता लिलामणी पोख्रेलले गरेका थिए भने संचालन् बलराम बास्कोटाले गरेका थिए। उक्त अन्तरक्रिया कार्यक्रममा स्वागत चिरञ्जीवी सी र धन्यवाद व्यक्त भैरब रेग्मीले दिएका थिए भने हेमराज आश्रम (रक्तिम परिवार) ले शिशिर चिर्ने बोलको गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]