प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन हुँदै

२०८२ असार २७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ः०० बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ । इजरायली हमलामा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनीको हत्या भए पछि नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा (माओवादी – केन्द्र), नेकपा (एकीकृत – समाजवादी) , नेकपा (मसाल) , क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल , नेकपा , नेकपा (बहुमत), जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी , जसपा , राष्ट्रिय जनमोर्चा, नेपाल , देशभक्त समाजवादी स्कुल र राजनीतिक सम्वाद अभियानले प्यालेस्टाइन माथी साम्राज्यवादी आक्रमणको विरुद्ध संयुक्त बिरोध प्रदर्शन गर्न लागेका हुन् ।

आज दिउँसो प्रदर्शनी मार्गमा हुने उक्त कार्यक्रमलाई सम्बद्ध दलका मुख्य नेताहरुले सम्बोधन गर्ने बताइएको छ।
शान्तिबाटिका, जमल, घण्टाघर, बागबजार, पुतलिसडक हुँदै प्रदर्शनी मार्ग हुँदै प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुने उक्त जनप्रदर्शनका नाराहरु यस प्रकार हुने बताइएको छ ।
नाराहरु :
🔹विश्व साम्राज्यवाद – मुर्दावाद !
🔹साम्राज्यवादी युद्ध – बन्द गर !
🔹प्यालेस्टाइन माथिको आक्रमण – बन्द गर !
🔹अमेरिकी साम्राज्यवाद – मुर्दावाद !
🔹इजरायली फासीवाद – मुर्दावाद !
🔹विश्व शान्ती – कायम गर !
🔹इरानको सार्वभौमिकता – सम्मान गर !
🔹प्यालेस्टाइन सार्वभौमिकताको – रक्षा गर !
🔹प्यालेस्टाइन माथिको नरसंहार – बन्दगर !
🔹संयुक्त रास्ट्रसङ्घको बडापत्र – पालना गर !
🔹असङ्लघ्न परराष्ट्र नीति – पालना गर !
🔹राष्ट्रिय स्वाधीनताको – रक्षा गरौ !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु