नयाँ आर्थिक वर्ष सुरु

काठमाडौँ । आज साउन १ गते। प्रत्येकवर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्थाअनुसार आजदेखि आर्थिक वर्ष २०८२-८३ आजदेखि सुरु भएको छ । सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउनमहिनामा सुरु भई असार महिनामा सकिने व्यवस्थागर्दै आएको छ । अर्थमन्त्री विष्णु पौडेलले आव २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएका छन् । सरकारले अगामी वर्षामा चालु शीर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजनासहित बजेट छुट्याएको छ । उक्त बजेटका लागि स्रोतका रूपमा राजश्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ व्यहोरिने सरकारी योजना छ ।
यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यहोर्ने योजना छ । सरकारले जेठ १५ मा २०८२/८३ का लागि ल्याएको बजेटमध्ये करसम्बन्धी व्यवस्था कार्यान्वयनमा गइसकेका छन् ।
सरकारले बजेट कार्यान्वयनमा लगेर आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको लगानी वृद्धि, रोजगारीको अवसर वृद्धि, पूर्वाधार आयोजना निर्धारित समयमै सम्पन्न हुने सहित ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ ।
नयाँआर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धित विषयका परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिवानालगायतकाव्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरु गर्नेछ । तीनतहका सरकारले सार्वजनिक गरेको बजेटको आज देखि पूर्ण कार्यान्वयनको सुरुवात हुनेछ । करको दरमा भएको परिवर्तनसमध्ये आजदेखि नै कतिपयव्यवस्थालागु भइसकेका छन् । विलासिता कर लगायतका केहीव्यवस्थाको कार्यान्वयनआजदेखि सुरु हुनेछ ।