श्रमिकको न्यूनतम पारिश्रमिक ३५०००/- कायम गर्न माग

२०८२ श्रावण ३ गते, शुक्रबार


काठमाडौँ । समाजवादी ट्रेड युनियन महासंघ नेपालले श्रमिकको न्यूनतम पारिश्रमिक ३५०००/- अक्षेरुपी पैतिस हजार रुपैयाँ लागू गर्न माग गरेको छ। समाजवादी ट्रेड युनियन महासंघ नेपालका उपाध्यक्ष नारायण सीले शुक्रबार बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।
उपाध्यक्ष नारायण सीद्वारा जारी गरिएको बिज्ञप्ति भनिएको छ – ‘अहिले को मंहगी अनुरुप नेपाल सरकारले तोकेको न्युनतम १९५५०/- अक्षेरुपी उन्नाइस हजार पाँच सय पचास रुपौँया वाट मजदुरको जिविका धान्ने अवस्था रहन्न । वाध्य भएर विदेशिनु पर्ने हुन्छ । नेपाली मजदुरलाई विस्थापित गरि छिमेकी मुलुकबाट सस्तोमा कामदार भित्याउने जुन भित्री रुपमा सड्यन्त्र चलेको छ । हामी यसप्रकार हर्कतका विरुद्ध जोडदार रुपमा आवाज उठाउछौ। श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय वाट प्रकाशि निर्णय सच्याउन हार्दिक अपिल गर्दछौ । कम्तिमा ३५०००/- अक्षेरुपी पैतिस हजार रुपैयाँ लागू गर्न सम्बन्धित निकाय र नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछौ ।’
यस बिषयमा समाजवादी ट्रेड युनियन महासंघ नेपालका उपाध्यक्ष नारायण सीद्वारा जारी विज्ञप्ती यस प्रकार रहेको छ- ‘नेपाली राजनीति यतिबेला जटिल मोडमा उभिएको छ । दलाल संसदीय व्यवस्थाका कारण देशमा अस्थिरता वढ्दै गएको छ । भ्रष्टाचारको सिमा नाघेको छ। देशमा बेरोजगार, लुटपाट, बलत्कारजन्य घटना वढदै गएको छ । अराजकताले सिमा तोडेको अवस्था छ। जसको परिणाम यो व्यवस्था असफल भएको छ। नेपाली जनताले नयाँ व्यवस्थाको परिकल्पना गरेको छ । दलाल संसदीय पुजीवादी व्यवस्था विरुद्ध नेपालमा नेपाली
विशेषताको समाजवादी व्यवस्था अपरिहार्य बनेको छ। नेपाली जनताको शान्तिको चाहना परिवर्तनको चाहना युवा हरुकोदेशमा केही गर्ने सपनालाई पूरा गर्ने उद्देश्य अनुरुप हामी निरन्तर संघर्षमा छौ। सम्न्द्धि, शुसासन, गरिव श्रमिक जनताको न्यायको निमित्त अगाडि वढ्नु हाम्रो दायित्व हो। लाखौंलाख मजदुरको ढुकढु‌की रुपमा स्थापित मजदुरको प्रिय संगठन जसले आम मजदुरको अधिकार र न्यायको निमित्त बुलन्दआवाज उठाउदै आएको छ । नेपाली मजदुरको भविष्य र रोजगारिको ग्यारेन्टी अहिलेको आवश्यकता हो । नेपाली मजदुर आन्दोलन भित्र देखिएको समस्या जसवाट मालिकको सेवक वन्ने र मजदुरको निमित्त मालिक बनेर ठग्ने प्रवृत्ति नेपाली ट्रेड युनियन आन्दोलन भित्र को चुरो समस्या बनेर आएको छ। विगत देखिको समस्या नेपाली मजदुर आन्दोलनले पहिचान गर्न नसक्नु विज्ञान प्रविधिको हस्तक्षेपकारि भुमिकालाई ठोस नितिको विकास हुन नदिनु र नेपालका दलाल शासकहरुले यो वा त्यो बहानामा मजदुरलाई विस्थापित गर्ने नीति बनाउनुनै नेपालका ट्रेड
युनियन आन्दोलन भित्र पैदा भएको अवसरवाद, ट्रेड युनियन वाद अर्थवाद वर्गसमन्वय वादलाई परास्त गरि २१ औ शताब्दीमा मजदुर वर्गिय चेतना विचार सहितको नेतृत्व र संगठन निमर्माण अहिलेको आवश्यक बनेको छ ।
सम्रग आन्दोलनलाई एकीकृत केन्द्रीकृत र सयुक्त रुपमा विकास गर्नुपर्ने छ प्रत्येक दुई वर्ष निर्धारण वर्षमा श्रमिक मजदुरको तलव वढाउने नीति नेपाल सरकारले निर्धारण गरेको थियो नेपाल कोश्रम ऐन २०७४ ले पनि प्रष्ट रुपमा मजदुरको हक सम्वनधि प्रावधानलाई अगाडि बढाउने निति लिएको छ । तथापि नेपाल सरकार, सरकारवादी ट्रेड युनियन र नेपाल उधोग वाणिज्य महासंघ र सम्सम्वन्धित निकाय विच वसि गरिएको निर्णय
प्रति हाम्रो मजदुर प्रिय संगठन समाजवादी ट्रेड युनियन महासंघ नेपाल आपत्ती प्रकट गर्दछ। अहिले को मंहगी अनुरुप नेपाल सरकारले तोकेको न्युनतम १९५५०/- अक्षेरुपी उन्नाइस हजार पाँच सय पचास रुपौँया वाट मजदुरको जिविका धान्ने अवस्था रहन्न वाध्य भएर विदेशिनु पर्ने हुन्छ । नेपाली मजदुरलाई विस्थापित गरि छिमेकी मुलुकबाट सस्तोमा कामदार भित्याउने जुन भित्री रुपमा सड्यन्त्र चलेको छ । हामी यसप्रकार हर्कतका विरुद्ध जोडदार रुपमा आवाज उठाउछौ। श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय वाट प्रकाशि निर्णय सच्याउन हार्दिक अपिल गर्दछौ । कम्तिमा ३५०००/- अक्षेरुपी पैतिस हजार रुपैयाँ लागू गर्न सम्बन्धित निकाय र नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछौ ।’

प्रतिक्रियाहरु

[anycomment]