४७ औँ पुष्पलाल स्मृति दिवस : समाजवादी मोर्चा बिचार गोष्ठी गर्दै

२०८२ श्रावण ८ गते, बुधबार

काठमाडौँ । समाजवादी मोर्चा नेपालले ४७ औँ पुष्पलाल स्मृति दिवस बिचार गोष्ठी गर्दै मनाउने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा शनिबार बसेको मोर्चाको सचिवालय बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले जानकारी दिए ।
प्रवक्ता प्रकाण्ड सीका अनुसार आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने उक्त कार्यक्रममा पुष्पलालको व्यक्तित्व र उनले कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदान र देशको वर्तमान जटिल परिस्थितिको बिषयमा बिचार गोष्ठी हुनेछ ।
स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको पहिला छोराका रूपमा भएको थियो । पुष्पलालले माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । २०१७ साल पुष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गरेका थिए । नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा–गराउँदै निधन भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]