‘ पार्टी सदस्यता कसैले चाहेर हटाउन सक्दैन ‘

२०८२ श्रावण १० गते, शुक्रबार


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को आफ्नो सदस्यता कसैले चाहेर हटाउन नसक्ने बताएकी छन्। उनले आज काठमाडौं बानेश्वरको कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताएकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता लिएको ४५ वर्ष भइसकेको उल्लेख गर्दै भनिन्, ‘कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छ जस्तो मलाई लाग्दैन,’ उनले भनिन्, ‘हटाउन सक्छ जस्तो लाग्दैन। मैले सोचेरै एमालेको सदस्तया नवीकरण गरेकी हुँ। पहिले पनि एमाले हुँ र अहिले पनि एमाले छु भनेर भनेको हुँ। ‘
यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सदस्यता विवादमा पारिरहनुपर्ने विषय नै नरहेको बताउदै भनिन – ‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन। पार्टीप्रतिको आशा, सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन। ‘
यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रकै सर्वोच्च पदमा पुगेर आफ्नो नाम इतिहासमा दर्ज गरिसकेको भन्दै आफूलाई कुनै पदको महत्त्वाकांक्षा र आशक्ति नभएको बताउदै भनिन – उनले भनिन – ‘कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु ‘
यसैगरी,पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिमा आएर देश र जनताको सेव ागर्ने विषयलाई अनौठो नमान्न आग्रह गर्दै भनिन – ‘म राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्यजनक विषय होइन। यो संवैधानिक अधिकार मात्रै होइन । मुलुकमा राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको दिन र आफ्नो पार्टी जीवन आफ्नो पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हो ।’
यसैगरी,पूर्वराष्ट्रपति भण्डारीले पदको जिम्मेवारी पूरा गरेर आफ्नै पार्टीमा फर्कनु स्वाभाविक रहेको बताउदै भनिन – ‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पर्नुपर्ने विषय नै होइन। म राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएकी हुँ। राष्ट्रपतिको कार्यकाल पूरा गरेर आफ्नो पार्टीमार्फत देश र जनताको सेवा गर्नु कुनै अनौठो कुरा होइन।’
यसैगरी,पूर्वराष्ट्रपति भण्डारीले पार्टी राजनीतिमा फर्किनु संवैधानिक अधिकार भएको दाबी गर्दै भनिन्- ‘यो अधिकारमात्र होइन, बरु पार्टीको नेताकै रूपमा राजनीतिबाट राष्ट्रपति बनेको हुँ। अब बाँकी जीवन पनि पार्टीमार्फत जनसेवामा समर्पित गर्ने निर्णयमा पुगेकी छु।’

प्रतिक्रियाहरु

[anycomment]