प्रतिनिधिसभा बैठक साउन १९ गते सम्मका लागि स्थगित

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक साउन १९ गते सम्मका लागि स्थगित गरेका छन । उनले शुक्रबारको बैठक अन्त्य गर्दै अर्को बैठक आगामी १९ साउन दिउँसो १ बजे बस्ने जानकारी दिए ।
शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले यो विधयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै अब ७२ घण्टाभित्र सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्दछन् । यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक हो । प्रस्तावित विधेयकमा तिलगंगा नेत्र विश्वविद्यालय नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजको सम्पत्ति तिलगंगा नेत्र विश्वविद्यालयमा सार्ने लगायतका प्रावधान छ ।