गैरहाजिर प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले चारजना प्रहरी सहायक निरीक्षक (असई)सहित २२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो।
आफूखुसी गैरहाजिर भएकाहरुमा १ जना प्रहरी सहायक निरीक्षक, १ जना प्राविधिक प्रहरी सहायक हबल्दार, १६ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगी छन् । गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षकहरु विवेक सायद, देवकी थापा र प्रकाश थारु छन् । उनीहरु गत जेठ महिनादेखि सम्पर्कमा छैनन् ।
यसैगरी प्राविधिक प्रहरी सहायक हबल्दार नरकुमार ओजी गत वैशाख ३ गतेदेखि सम्पर्कविहीन छन् । प्रहरी जवानहरु धन सिंह बुढा, गौतम कुमार पाचेमगर, अर्पण पोख्रेल, युवराज खड्का, सन्दिप विश्वकर्मा, विकास आचार्य, सुजन ओझा, अजित कुमार चौधरी पनि आफूखुसी गैरहाजिर भएका छन् ।
यसैगरी दिपेन तिवारी, दिलिप कुमार साह, सरोज थापामगर, धिरबहादुर रावत, विष्णु दर्लामी, लालु काफ्ले, दिपराज बुढा, विनोद साह तथा प्रहरी कार्यालय सहयोगहरु कमलबहादुर माझी र मनबिर सिंह धामी पनि सम्पर्कविहीन छन् ।
उनीहरुको नाम ठेगानासहितको विवरण सार्वजनिक गर्दै सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित य कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनु होला ।’ अन्यथा सेवाबाट हटाउने प्रक्रिया सुरु गर्ने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।