सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल

२०८२ श्रावण १३ गते, सोमबार


काठमाडौँ । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ । आयोगको आजको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्यरजिष्ट्रार बनाएको हो ।
५८ वर्षे उमेरहदका कारण देवेन्द्रराज ढकाल गत आइतबारदेखि अवकाशमा गएपछि मुख्य रजिष्ट्रार पद रिक्त थियो । २०७४ साल असारबाट सर्वोच्च अदालतमा मुख्यसचिव सरह मुख्य रजिष्ट्रार राख्ने प्रचलन रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]