आज शहीद भीमदत्त पन्तको स्मृति दिवस

काठमाडौँ । आज शहीद भीमदत्त पन्तको स्मृति दिवस। १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए। उनले भारतको उत्तरप्रदेशस्थित सिंहाइबाट संस्कृत विषयमा अध्ययन गरेका थिए। धार्मिक ग्रन्थ गीता र वैज्ञानिक समाजवादका विचारधारा मार्क्सवादको सङ्गमले उनीभित्र विद्रोही चेतना पलाएको थियो।
सालदेखि क्रान्तिकारी नेता पन्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायको विरुद्धमा विद्रोहको झण्डा उठाए । उनले नेतृत्व गरेको आन्दोलनले उनलाई भीमदत्त कांग्रेसको संज्ञा दियो। २००९ वैशाख २ गते डडेल्धुराको घटालथानमा उनले सबैलाई एउटै थालीमा जय दासको हातबाट कथित उपल्लो जातका व्यक्तिहरूलाई पानी खुवाएर एक ऐतिहासिक सन्देश दिए, ‘अब कुनै जाति ठूलो सानो छैन।’
भीमदत्तको लोकप्रियताले स्थानीय ठालु र राज्य संयन्त्र डरायो, अन्ततः विसं २०१० साउन १७ गते, बुडरको गइलेकमा उहाँलाई गोली प्रहार गरियो। टाउको काटेर बाँसको टुप्पोमा झुण्ड्याएर आतङ्क सिर्जना गरियो। परिवार बहिष्कृत भयो, काजक्रिया गर्न दिइएन । अन्ततः हरिद्वारमा अन्त्येष्टि गरियो।
विसं २०७२ फागुनमा सरकारले क्रान्तिकारी नेता पन्तलाई शहीद घोषणा गरेको थियो ।