सशस्त्र प्रहरी बलका ७७ अधिकृतको बढुवा सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका ७७ जना विभिन्न दर्जाका अधिकृतहरूको बढुवा सिफारिस भएको छ । बढुवा समितिका अनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)मा ६, उपरीक्षक (एसपी)मा २२, प्राविधिक एसपीमा एक र नायव उपरीक्षक डीएसपीमा ४८ जनालाई बढुवा सिफारिस गरिएको छ ।
एसएसपी बढुवा सिफारिस हुनेमा ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोप बहादुर खनाल, अशोककुमार बम, वीरेन्द्रबहादुर ऐर रहेका छन् ।
एसपी सिफारिस हुनेमा साधारणतर्फ नरदीपकुमार बस्नेत, रामकृष्ण महर्जन, श्याम रावत, वसन्तबहादुर सिंह, श्यामकुमार कार्की, गेहेन्द्रबहादुर भण्डारी, लक्ष्मण थापा मगर रहेका छन् । यस्तै, भीमबहादुर विष्ट, नवराज वोहरा, सुरेश गैरे, कृष्णबहादुर विष्ट, अम्विकाप्रसाद जोशी, अमर बहादुर खत्री, विशाल सिल्वाल, बासुदेव महत, भीमबहादुर चन्द, श्रीराम कुंवर, श्याममणि ढकाल, गोविन्दबहादुर खाती छन् ।
यदुकुमार कार्की, देवबहादुर बोहरा, दिनेशकुमार बस्नेत पनि एसपी बढुवा सिफारिस भएका छन् । प्राविधिकतर्फ इन्जिनियर मनोज बखुन्छे श्रेष्ठ रहेका छन् ।