नेकपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक भदौमा बस्ने भएको छ । नवौं केन्द्रीय समितिको सात पूर्ण बैठक भदौ २२ गतेदेखि केन्द्रीय कार्यालय कपिलबस्तुमा बस्ने भएको हो ।
केन्द्रीय समितिको बैठक अघि भदौ १४ गते स्थायी समिति र १८ गतेदेखि पोलिटब्युरो बैठक बस्ने नेकपा स्थायी समिति सदस्य तथा प्रकाशन तथा सञ्चार विभाग इञ्चार्ज अनिल सीले बताएका छन् । । बैठकमा नेकपा (माके) ले नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको सन्दर्भमा पार्टी एकता, निर्वाचन, आवधिक योजनालगायतका विषयमा निर्णय हुने बताइएको छ ।