कैलाली कारागार कैदीबन्दीको नियन्त्रणमा

२०८२ श्रावण २५ गते, शनिबार


काठमाडौँ । गए राति ११ बजे भएको झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएको कैलाली कारागार कैदीबन्दीहरूले नियन्त्रणमा लिएका छन् । सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न सकेका छैनन् । भित्र के कति क्षति भएको छ भन्ने समेत जानकारी लिन नसकिएको बताइएको छ । कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिन्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी दिएका छन् ।
१५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी रहेका छन् ।

यसैबीच , गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा एक जनाको मृत्यु हुनेगरी भएको झडपबारे छलफल गर्नका लागि सुरक्षा निकायका प्रमुखलाई बोलाएका छन् । शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री लेखकले छलफलका लागि बोलाएका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]