नेकपा (एस)ले पार्टी स्थापना दिवस भब्यरुपमा मनाउने

२०८२ भाद्र ६ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एस)ले पार्टी स्थापना दिवस भब्यरुपमा मनाउने भएको छ । सो पार्टीले भदौ ९ गते बिभिन्न कार्यक्रम गरी पार्टी स्थापना दिवस मनाउन मातहतका सबै जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एस)का केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह, पार्टीका जनवर्गीय संगठन र बिभिन्न विभाग तथा तहहरुले रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन दिएको बताए । उनले पार्टी जिल्ला कमिटीले दिवसका अवसरमा सरसफाइ, वृक्षरोपण, रक्तदान, अन्तक्र्रिया, स्मारिका विमोचन, शुभकामना आदानप्रदानलगायत कार्यक्रमगर्ने जानकारी दिदै केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गर्ने कार्यक्रममा बिभिन्न राजनीतिक दलका नेताहरुलाई निमन्त्रणा गरिएको उपप्रमुख बताए ।
अर्यालका अनुसार नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था, चुनौती र कार्यदिशा विषयक गोष्ठीमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्व कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नेपाली कम्युनिष्ट आन्दोलनको योगदानबारे प्रस्तुति गर्नुहुनेछ । पार्टीका शीर्ष नेताहरुले वामपन्थी शक्तिबीचको ध्रुवीकरण, कम्युनिष्ट नेतृत्वमा आएको वैचारिक विचलन, मुलुकको वर्तमान राजनीतिक अवस्था, कम्युनिष्ट पार्टीका भूमिकाबारे समीक्षा गर्ने कार्यक्रम छ । समुन्नत राष्ट्र निर्माणगर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरागर्ने लक्ष्यका साथ २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । नेकपाको स्थापनाका बारेमा बिवाद रहँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सिंगापुर पुगे देउवा दम्पती

२०८२ कार्तिक १२ गते, मंगलवार

देउवा दम्पती सिंगापुर जाँदै

२०८२ कार्तिक ११ गते, सोमबार