बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौँ । नेपाली सेनाले एक विज्ञप्ति सार्वजनिक गर्दै बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदे श जारी गरेको छ। सेनाले त्यसपछिको परिस्थितिलाई विश्लेषण गरेर थप सूचना सम्प्रेषण हुने जनाएको छ । कर्फ्यूको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुन सक्ने विज्ञप्तिमा उल्लेख छ । आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न पनि सेनाले आग्रह गरेको छ ।

