जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

२०८२ भाद्र २७ गते, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीले जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको जनाएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताएका हुन् ।
जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।
पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिए । बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]